दफा ६३३
भाडामा लिने व्यक्तिले आफ्नो हक तथा हित हस्तान्तरण गर्न सक्नेः

(१) भाडामा लिने व्यक्तिले हायर पर्चेज करार बमोजिम आफूले भाडामा लिएको वस्तु उपरको हक, हित वा दायित्व र त्यस्तो करार अन्तर्गत निजले प्राप्त गर्न सक्ने अन्य कुनै हक, हित वा दायित्व त्यस्तो वस्तु धनीको स्वीकृति प्राप्त गरी अर्को कुनै व्यक्तिलाई हस्तान्तरण गर्न सक्नेछ ।
(२) उपदफा (१) को प्रयोजनको लागि भाडामा लिने व्यक्तिले आफ्नो हक, हित वा दायित्व अर्को व्यक्तिलाई हस्तान्तरण गर्न वस्तु धनीबाट स्वीकृति पाउने उद्देश्यले लिखित अनुरोध गरेको पन्ध्र दिनभित्र वस्तु धनीले स्वीकृति वा अस्वीकृति दिनु पर्नेछ र त्यस्तो अवधिभित्र स्वीकृति प्राप्त हुन नसकेमा निजले स्वीकृति दिन इन्कार गरेको मानिनेछ ।
(३) उपदफा (२) बमोजिम वस्तु धनीले इन्कार गरेकोमा भाडामा लिने व्यक्तिले त्यस्तो इन्कारी बदर गराउन पैँतीस दिनभित्र अदालतमा नालिस गर्न सक्नेछ र अदालतले त्यस्तो इन्कारी मनासिब नभएको आदेश गरेमा वस्तु धनीबाट स्वीकृति प्राप्त गरेको मानिनेछ ।
(४) यस दफामा लेखिएको कुनै पनि कुराले कानूनको परिचालनबाट भाडामा लिने व्यक्तिको हक, हित वा दायित्व अर्को व्यक्तिमा हस्तान्तरण भएकोमा त्यस्तो हक, हित वा दायित्व प्रयोग वा पालन गर्न गराउन बाधा पु¥याएको मानिने छैन ।